मुख्य समाचार

सन्दीपमाथिको आरोप पुष्टि हुने प्रमाण भेटिएको प्रहरी दाबी

नवलपुर टुडे
२०७९ भदौ २३ | बिहान ०६:०५ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप पुष्टि हुने केही तथ्य फेला पारेको प्रहरीले दाबी गरेको छ ।

नाबालिकाको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरीले लामिछाने बसेको भनिएको होटलको दृश्य क्लोज सर्किट (सीसी) क्यामेरामा देखिएको प्रहरीले दाबी गरेको छ । त्यो बाहेक प्रहरीले नगरकोट जाने बाटोको समेत सीसीटीभी अध्ययन गरेको छ ।

होटलको दृश्यमा सन्दीप र पीडित युवती ५ भदौ राति ११ बजे होटल पुगेका देखिएको प्रहरी दाबी छ । उनीहरू दुवै जना होटलको कोठा नम्बर ३०५ मा बसेको खुलेको छ भने होटलमा भने उनीहरूको परिचयपत्र नराखेको प्रहरीको भनाइ छ ।

मंगलबार साँझ प्रहरी वृत्त गौशलामा लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् ।

कमेन्टहरु