सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी

नवलपुर टुडे
२०७९ भदौ २२ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ २२ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा १५ वर्षीया नाबालिगलाई करणी गरेको अभियोगमा जाहेरी परेको हो ।
यतिबेला उनी नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न नैरोबी गएका छन् । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको ती किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन् ।
आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ गते नगरकोट घुमाउन लगेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।























