मुख्य समाचार

नागरिकता विधेयक राष्ट्रपतिकहाँ, प्रमाणीकरणको दबाब

नवलपुर टुडे
२०७९ भदौ २१ | बिहान ०७:०५ बजे

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्‍मा फिर्ता भएको नागरिकता विधेयक पुरानै अवस्थामा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको छ ।

दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि फेरि राष्ट्रपति कार्यालय पठाइएको हो ।

राष्ट्रपति भण्डारीले साउन २९ गते सन्देशसहित विधेयकमा पुनर्विचार गर्न आवश्यक रहेको निष्कर्षसहित संसद्मा फिर्ता पठाएकी थिइन् । तर दुबै सदनबाट विधेयक हुबहु पारित गरिएको थियो । अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्छ ।

दोस्रोपटक संघीय संसद्का दुवै सदनले विधेयक पारित गरेर पठाएकाले अब राष्ट्रपतिले अनिवार्य विधेयक पारित गर्नैपर्ने संबैधानिक व्यवस्था रहेको छ ।

कमेन्टहरु