मुख्य समाचार

सिट बाँडफाँटका गठित कार्यदलको बैठक आज पनि बस्दै

नवलपुर टुडे
२०७९ भदौ २१ | बिहान ०६:०५ बजे

काठमाडौं, भदौ २१ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरि बैठक बस्न लागेको हो ।

आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने तयारी छ ।सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले बताए ।

कमेन्टहरु