मुख्य समाचार

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान

नवलपुर टुडे
२०७९ भदौ २० | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ २० । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो उपाधि प्रदान गरेकी हुन् । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

नेपाल भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन् । भ्रमणको क्रममा दुई देशले एक अर्काको प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रचलन रहिआएको छ ।

कमेन्टहरु