मुख्य समाचार

हिरासतमा रहेका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

नवलपुर टुडे
२०७९ भदौ २० | मध्यान्ह ०५:०५ बजे

काठमाडौं, भदौ २० । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको खाणको सचिवालयले जानकारी दिएको छ ।

गत शुक्रबार भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए ।

सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

कमेन्टहरु