मुख्य समाचार

भारतीय स्थल सेनाध्यक्ष काठमाडौं आईपुगे

नवलपुर टुडे
२०७९ भदौ १९ | मध्यान्ह ०५:०५ बजे

काठमाडौ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आएका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् । पाण्डेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा रात्रिभोज दिनेछ । मंगलबार उनी सगरमाथा वेसक्याम्प नाम्चे पुग्नेछन् भने सोही दिन उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमपनि रहेको छ ।

साँझ भारतीय दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने पाण्डे चौथो दिन मौसमले साथ दिए मुक्तिनाथ दर्शनका लागि जाने लगायतका कार्यक्रम तय भएका छन् ।

कमेन्टहरु