निजामति कर्मचारी युनियनको माग सम्बोधन हुन्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निजामति कर्मचारी युनियन लगायतले उठाएका माग सम्बोधन गरिने बताएका छन् । आइतबार नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा आयोजित ‘कर्मचारी’ नामक पुस्तक विमोचन तथा शुभकामना आद्रानप्रदान समारोहको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले कर्मचारीले पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै निजामति सेवालाई संघीय ढाँचा अनुरुप व्यवस्थित गर्दै नागरिकमैत्री बनाउने आश्वासन दिएकाछन् । सो अवसरमा बोल्दै संङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कर्मचारीहरुले राखको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र सहमति गरी संघीय निजामति सेवा ऐन जारी गरिने बताए ।
स्थापना दिवसको अवसरमा देशभर हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, सन्देशमुलक होडिङबोर्ड राख्ने र अस्पातल तथा वद्धाश्रमहरुमा फलफुल वितरण गरी मनाइएको कर्मचारी युनियनका सचिव प्रकाश भट्टाराई जानकारी दिए ।























