चितवन–३ बाट प्रचण्ड एकल सिफारिस

नवलपुर टुडे


बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डको नाम एकमतले उम्मेदवारका रुपमा सिफारिस गरेको हो । प्रचण्ड ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
आगामी निर्वाचनका लागि उनको नाम गोरखा–१ बाट पनि सिफारिस भएको छ । प्रचण्डले भने आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन्। प्रचण्डको चुनावी कमाण्डर उनकै छोरी अर्थात् भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल हुने तय भइसकेको छ।
पार्टीको बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागिसमेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















