नवलपुर खेलकुद महासङ्घमा अध्यक्षमा जीवन श्रेष्ठ चयन

नवलपुर टुडे
२०७९ भदौ १९ | मध्यान्ह ०४:०५ बजे

कावासोती । नेपाल खेलकुद महासङ्घ नवलपुर जिल्लाको अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत चयन भएको छ ।
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्घ नवलपुरको शनिबार देवचुलीमा भएको प्रथम अधिवेशनले जीवन श्रेष्ठको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिमा उपाध्यक्षमा रिमेस गुरुङ (बुलिङटार) अर्चना कुमाल (मध्यबिन्दु) सचिवमा मेदनी लाल पाण्डे (कावासोती), सह सचिवमा सबिता पाण्डे (मध्यबिन्दु), ऋषि राम गौतम (गैंडाकोट) र कोषाध्यक्षमा तेज प्रसाद पाण्डे (हुप्सेकोट) चयन भएका छन ।
कार्यसमितिले पछि आठ जना मनोनित गर्ने गरि अधिवेशनले ४७ सदस्यीय कार्यसमित गठन गरेको छ ।






















