मुख्य समाचार

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराको बयान आज पनि

नवलपुर टुडे
२०७९ भदौ १९ | बिहान ०७:०५ बजे

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएको छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ९ गते दिउँसो ११ बजे पुन बयानका लागि बोलाएको थियो । समितिले जबरासँग बयान लिने क्रम आज पनि जारी छ । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।

प्रश्नहरु लामो भएकाले समय लागेको बताइएको छ । तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

कमेन्टहरु