प्रधानमन्त्रिले राजिनामा दिनाेहुन्न, सके अविस्वासकाे प्रस्ताव ल्याउ वा बहुमत पुर्याउ – इश्वर पाेखरेल


फागुन १४,काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षको अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ।
कार्यक्रममा अखिलका संयाेजक ऐन महर, अखिलका नेता आरसि लामिछाने, नेता रश्मि आचार्य, विद्यार्थी फ्याक्सन ईन्चार्ज विनाेद ढकाल लगायतकाे उपस्थिति छ। कार्यक्रमको प्रमुख आतिथ्यता उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका छन् भने विशेष आतिथ्यता ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उपप्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य ईश्वर पाेखरेलले भने, ‘काम गर्न नसकेकाले ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीले गर्नुभएको थियो। तर अहिले सर्वाेच्चले अर्कै फैसला गरेकाे छ। सबैभन्दा ठूलाे फैसला गर्ने सर्वाेच्च अदालत त हुन सक्दैन तर जे गरे पनि हामी लाेकतन्त्रलाई मान्ने पार्टी भएकाेले मात्र स्वीकारेका हौँ।’
उनले सर्वाेच्च अदालतभन्दा ठूलाे न्यायाधीश जनता हुने भन्दै आफ्नो पार्टीले त्यसमाथि विश्वास गर्ने बताएका छन्। संसद पुनःस्थापना सर्वोच्चले फैसला गरेको कारण नभई जनताको माग भएको कारण स्वीकारेको उनले जवलपुर टुडे सग बताएका हुन्।
केही दिन अघि नेत्री पम्फा भुसालले संसद पुनःस्थापना भएपछि विजय सभालाई सम्बोधन गर्ने क्रममा राजीनामा नदिएमा प्रधानमन्त्री ओलीलाई संसद बैठकबाट गलहत्याएर फ्याक्ने चेतावनी दिएकाे प्रसंगमा उनले भने, ‘केपी ओलीले राजीनामा दिँदैनन्। अविश्वासकाे प्रस्तावकाे डटेर सामना गर्न तयार छाैँ।
सक्छाै भने अविश्वासको प्रस्ताव ल्याउ तर सडकमा भुस्याहा कुकरले भुकेकाे जसरी भुक्दैमा राजीनामा दिने छैनन्।’
उपप्रधानमन्त्री पोखरेलले अब पार्टीकाे नेतृत्वमा नयाँ पुस्ता आउने बताउँदै दशकाैं पार्टी कब्जा गरेर बसेकाहरूको नेतृत्व नआउने दाबी गरेका छन्।























