मुख्य समाचार

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ भदौ १८ | बिहान ०७:०५ बजे

झापा । हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा झापा बुद्धशान्ति गाउँपालिका-५ की ३४ वर्षीय कृष्णकुमारी श्रेष्ठ रहेकी छन्। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको धुलबारीस्थित आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार साँझ धुलाबारीबाट स्कुटरमा बुद्धशान्ति जाने क्रममा मंगलबारे चौक छेउमा हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

कमेन्टहरु