नि:शुल्क स्वास्थ्य शिविरको आयोजना


पर्सा, १७ भाद्र । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ को आयोजनामा वीरगन्ज महानगरपालिका – २ मा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा महानगरका उपप्रमुख आलमले कतिपय महिलाहरु स्वास्थ्य चेकजाचका लागि चिकित्सालय जान नमान्ने र निशुल्क स्वास्थ्य शिविरको आयोजनाले महिलाहरुलाई ठूलो लाभ हुने साथै महिलाहरु आफ्नै वडामा शिविरको आयोजनाले आफु खुशी चेकजाच गराउन आउने बताए । बिरगंज महानगरको बिभिन्न ठाउँहरूमा यस्ता कार्य हुनुपर्ने उपमेयर आलमले बताउदै निशुल्क स्वास्थ्य शिविर जस्ता कार्यमा आफु सहयोग गर्न तयार रहेको बताए ।
त्यसैगरी विशिष्ट अतिथिमा वडा- २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली, जिल्ला प्रहरी कार्यालयका नायब उपरिक्षक दिपक गिरी, निर्मल बुढाथोकी र अतिथिहरुमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक तिर्थ न्यौपाने, वीरगन्ज महानगरपालिकाका उपप्रमुखको प्रेस सल्लाहकार र सामुदायिक सेवा केन्द्र छपकैया- २ का आजिवन सदस्य महमद सदाब, छपकैया -२ का वडा सदस्य बसिर मिया हजाम लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अब्दुल कैशले गरेका थिए ।























