Opens in a new tab

कपिलवस्तुमा एकैदिन तीनजना झुन्डिएको अवस्थामा मृत फेला

नवलपुर टुडे

29Shares
dida bag ad

कपिलवस्तु । कपिलवस्तुमा एकैदिन तीनजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका एक/एकजना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यशोधरा–२, सोनबर्सीका ४० वर्षीय राममहेश पासी आँपको रुखमा साडीको पासो लगाई झुन्डिएको भेटिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

यस्तै, वाणगंगा–६, अमौलीका २८ वर्षीय सिमबहादुर थारु घरमा टिनको छानामुनि रहेको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उता, शिवराज–१, वनकट्टाकी ३८ वर्षीया मनकला थापा क्षेत्री (थारु) आफ्नै घरको कोठामा फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो ।

तीनवटै घटनामा झुन्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे