आज प्रचण्ड गृह जिल्ला चितवन आउदै

नवलपुर टुडे


चितवन, भदौ ८ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउँदै छन् । चितवनको माडीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड आज गृह जिल्ला चितवन आउन लागेका हुन् ।
प्रचण्ड पहिलो फ्लाइटमा नै भरतपुर विमानस्थलमा आइपुग्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । बिहान ८ बजे नै माडी पुगेर उनी सडक शिलान्यास, पुल उद्घाटन, खोला तटबन्धको शिलान्यासमा सहभागी हुने छन् ।
दिउँसो २ बजे उनी माडीमा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ । प्रचण्डले यसअघि नै चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने बताइसकेका छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रचण्डले क्षेत्र नं ३ बाट नै निर्वाचित भएका थिए ।
तर, त्यतिबेला बाम गठबन्धन थियो । एमालेको बलमा प्रचण्डले निर्वाचन जितेका थिए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















