Opens in a new tab

दोश्रो पटक दिल्लीबाट जनकपुर आउँदै भारतीय पर्यटक रेल

नवलपुर टुडे

29Shares
dida bag ad

जनकपुरधाम, भदौ ८ । ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ।

यसअघि असार ९ गते चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो। रेलमा १४ डिब्बा थिए। त्यति वेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय शहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए।

प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए।

रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बीर कोरिएका थिए। रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो।

सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए। झाका अनुसार यहाँ आउन लागेको सो रेलमा यात्रा गर्ने धार्मिक यात्रुको बुकिङ भइरहेको छ। बुकिङ पूरा भइसकेपछि मात्र यात्रु सङ्ख्या यकिन हुनेछ।

रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम् जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोड्न विसं २०७९ असारमा आइपुगेको धार्मिक यात्रालाई निरन्तरता दिन आफूले पहल गरेपछि ‘भारत गौरव पर्यटक रेल’ फेरि आउने निश्चित भएको महाप्रबन्धक झाले बताए।

अन्तर्राष्ट्रिय सीमा पार गरी समग्ररूपमा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा दोस्रो पटक रेल आउन लागेको हो। महाप्रबन्धक झाका अनुसार आइसकेपछि धार्मिक पर्यटकले जनकपुरधामस्थित जानकी मन्दिर, गङ्गा आरती, धनुषाधाम, मनीमण्डप, सङ्कटमोचनलगायत धार्मिकस्थलको दर्शन गर्नेछन्। (रासस)

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे