मुख्य समाचार

चितवनमा बन्दको प्रभाव : छ वटा गाडी तोडफोड, पाँच जना पक्राउ

नवलपुर टुडे
२०७९ भदौ ७ | बिहान ०९:०५ बजे

चितवन, भदौ ७ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ ।

बन्दकर्ताले प्रदेश ३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले हानेर सिसामा क्षति पुर्‍याएका छन् । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच बन्दकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बा ८० प ९०२४ नम्बरको मोटरसाइकल चालक बारा घर भइ हाल भरतपुर–९ बस्ने बर्ष २१ को राजन बाबु सिंह, ना ३१ क ६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने बर्ष ३२ को सुरज शर्मा र पछाडी सवार बर्ष २४ को सुदिप पौडेल रहेका छन् ।

त्यस्तै, भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ र बागमती प्रदेश ०३–००१ प ६८०५ र ना ५६ प ८५५४ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु