Opens in a new tab

उपाध्यक्ष मशहुद खांले कार्यभार सम्हाल्दै

नवलपुर टुडे

29Shares
dida bag ad

कपिलवस्तु, भाद्र ६ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मौलाना मशहुद खांलाई मनोनयन गर्ने निर्णय गरेको केहि दिनपछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खांले मौलाना मशहुदलाई नियुक्ति पत्र दिई कार्यभार सम्हाल्न आग्रह गरेका छन् ।

कृष्णनगर बस्ने मौलाना मशहुद मदरसा व्यवस्थापन, मदरसाको समस्या, मदरसाको संरक्षण, मदरसाको शिक्षकको पेशागत शंरक्षण लगायतका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउदै आएका व्यकितत्वका रूपमा परिचित रहि जामिया सिराजुल उलुम अल्सल्फिया, जमियत अलहेराका प्रवक्ता रहेका मौलाना मशहुद खां नेपाली यो भन्दा पहिला पनि मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव रहेको प्रष्ट देखिन्छ ।

उनी दोस्रो पटक उपाध्यक्ष भए पछि मौलानाको घरमा भेटेर, फोन मार्फत तथा सामाजिक संजाल मार्फत बधाई निरन्तर आइरहेको बताउदै आफूले मदरसाको हकहित तथा उर्दू भाषाको संरक्षणमा सधै लागि रहने बताए ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे