नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले विभिन्न नगरपालिका, पालिकामा बुझायो ज्ञापनपत्र


रामजी प्रजापति
नवलपरासी, भदौ ६ । पश्चिम नवलपरासीमा जग्गा कित्ताकाटको लागि अन्यौलमा परेका सर्व साधारण नेपाली जनताहरुलाई धेरै दुख पाईरहेकाे अवस्थामा नेपाली जनताहरुको दुखलाई मध्य नजर गरी नेंलेकाव्यए केन्द्रीय कार्यालयद्वारा सहजिकरणका निम्ति जग्गा वर्गिकरण सम्बन्धि ज्ञापनपत्र नेपाल अधिराज्यभर बुझाऊने कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रमलाई मध्य नजर गर्दै पश्चिम नवलपरासीको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले विभिन्न नगरपालिका, पालिकामा पत्र बुझाएको छ । जस अन्तरगत नवलपरासी जिल्ला बसुप अन्तरगत पर्ने रामग्राम नगरपालिका, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हिनन्दन गाऊँपालिका, सरावल गाऊँपालिका, सुस्ता गाऊँपालिका, प्रतापपुर गाऊँपालिकामा जग्गा वर्गिकरण सम्बन्धि ज्ञापनपत्र बुझाएको छ ।
पत्र बुझाउने क्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसाेसिएसन नवलपरासीकाे अध्यक्ष चौथी प्रसाद काेहार, बरीष्ठ सल्लाहकार रामनाथ शर्मा पौडेल, सचिव गणेशराज रेग्मी, कोषाध्यक्ष ऋषिश्वर भट्टराई, सदस्य ओम प्रकाश चौधरी लगायतका व्यक्तित्वहरूद्वारा पालिकाहरुमा ज्ञापनपत्र बुझाइएको जानकारी अध्यक्ष चौथी प्रसाद कोहारले जानकारी दिनुभयो ।

























