मुख्य समाचार

एसपी कँडेल र गाउँपालिका अध्यक्ष गुप्तालाई जाेगाउन करोडौंको चलखेल, एसपी कँडेल प्रहरी कार्यालयमा तानिए

नवलपुर टुडे
२०७९ भदौ ५ | मध्यान्ह १०:०५ बजे

परासी । पश्चिम नवलपरासीमा प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधको नक्कली मुद्दामा पक्राउ गरेको घटनामा मुुख्य योजनाकार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दिपक)लाई जोगाउन चलखेल भएको छ ।

नवलपरासी जिल्लाका एसपी ऋषिराम कँडेल र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको योजनामा लागुऔषध मुद्दामा फसाइएकोमा तल्लो तहका प्रहरी र गुप्ताका सहयोगीमाथि मात्र कारबाही गर्न लागिएको भन्दै पाल्हीनन्दन कांग्रेस,जसपा नेपाल लगायत स्थानीयले निर्दोषलाई फसाउने प्रहरी प्रमुख र पालिका अध्यक्षलाई कार्बाहीको माग गर्दै, जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा स्थानियले बिरोध प्रदर्शनसमेत गरेका थिए । यस घटनाका मुख्य योजनाकार गाउँपालिका अध्यक्ष दिपक गुप्ताले करोडौं रुपियाँका आर्थिक चलखेल गरिरहेका आरोप लगाएका छन् ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरी दाबी थियो । छानबिनका क्रममा योजनाबद्ध रुपमा फसाइएको पुष्टि भएको छ । लागुऔषध कारोबार भइरहेको छ भने सूचना दिएर पक्राउ गराउने रघुनाथ धोबी पक्राउ परेपछि गुप्ता र पासवान निर्दाेष रहेको पुष्टि भएको हो ।

तर, घटनाका सहयोगी भनिएका रघुनाथ धोवीलाई पक्राउ गरिएपनि निर्दोष दुई भारतीय नागरिकलाई प्रहरीले रिहा गरेका छैनन । धोबीले गाउँपालिका अध्यक्षको दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् । छानबिनका क्रममा निर्दाेष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको छ ।

तर, बरामदी मुचुल्का सच्याए मात्र छाड्ने सरकारी वकिलको अडान छ । सोही कारण अनुसन्धान अधिकृत रहेका धर्म खत्रीलाई मुचुल्का सच्याउन दबाब दिइएको छ । तर, उनले आफुले कुनै गल्ती नगरको र एसपीको निर्देशनमा मुचुल्का हस्ताक्षर गरेको भन्दै मुचुल्का सच्याउन मानेका छैनन् । तल्लो तहका प्रहरीको मात्र गल्ती देखाएर एसपी कँडेललाई जोगाउन लागिएको तल्लो तहका प्रहरीले बताएका छन । उता यस घटनामा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता र एसपी कँडेलको सल्लाहमा निर्दोषलाई फसाईएको स्थानीयदेखि राजनीति दलका नेताकार्यकर्ताहरुले बताएका छन ।

घट्नाका दोषी प्रष्ट हुदा हुदैपनि एसपी कँडेलले गाउँपालिका अध्यक्ष गुप्तासंग करोडौं रकम लिईएर अध्यक्षलाई जोगाउने खेल भइरहेको छ । गाउँपालिका अध्यक्ष गुप्ता र कवाडी ब्यापारी रामाबीच कवाडी ठेक्काको लेनदेन विवाद भएकाले एसपी कँडेलमार्फत उनले लागुऔषध मुद्दामा फसाएका थिए ।

प्रहरीले सुनियोजित रुपमा फसाएको पुष्टि हुँदा
पनि गृह मन्त्रालयले एसपी कँडेललाई त्यही राखेर प्रमाण जोगाउने ठाउँ दिएको स्थानीयको आरोप छ । गाउँपालिका अध्यक्षले प्रहरी प्रशासनदेखि शक्तिकेन्द्रमा आर्थिक चलखेल गरी यो घटना मिलाउन लागिपरेको स्रोत बताउँछ । उता एसपी कँडेलले कुनैपनि हालतमा मुख्य योजनाकार अध्यक्ष बैजुलाई जोगाउन चलखेल गरिरहेको श्रोतको दावी छ । यस घटनामा एसपी कँडेलको पनि ठूलो हात रहेको प्रमाण पुष्टि भएपछि आइतबार प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

अवैध धन्दाबाट करोडौं कमाएका उनी त्यही कालोधन प्रयोग गरी यतीबेला आफुविरुद्धको मुद्दा डिसमिस गराउन लागिपरेका हुन् । अध्यक्ष गुप्तामाथि दर्जनौं भ्रष्टाचार मुद्दा लुम्बिनी प्रदेश अख्तियार कार्यालयमा बिचाराधिन छन ।
गाउँपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

कमेन्टहरु