कांग्रेस नेता प्रदीप गिरिको निधन

नवलपुर टुडे
२०७९ भदौ ४ | मध्यान्ह १०:०५ बजे

काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । नेता गिरिको ७५ वर्षको उमेरमा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता गिरिको शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरीको फेरि स्वास्थ्यमा समस्या देखिएपछि गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनलाई निमोनिया पनि देखिएको थियो । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।























