मुख्य समाचार

भानु नगरपालिकाको कार्यक्रम अन्तर्गत मात्र खादा प्रयोगमा रोक

नवलपुर टुडे
२०७९ भदौ २ | मध्यान्ह ०४:०५ बजे

दमौली । तनहुँको भानु नगरपालिकाले नगरपालिका अन्तर्गतको कार्यलय एवं शैक्षिक संस्थाहरुमा हुने औपचारिक बैठक, सभा, सम्मेलन, स्वागत बिदाई तथा सम्मान कार्यक्रमहरुमा खादको प्रयोग नगर्ने,गराउने निर्णय भएको बताएको छ । नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले बुधबार एक विज्ञाप्ति जारी गर्दै उक्तकुरा बताएका हुन् ।

नेपाल एक बहुजाति बहुभाषिक ,बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक भएकोले संविधान प्रदान गरिएको सबै समुदायको जातिय, भाषिक,धार्मिक तथा साँस्कृतिक पहिचान पराम्परा मुल्य र मान्यता एवं अभ्यासलाई उच्च सम्मान गरिएको सो विज्ञाप्तिमा जनाइएको छ ।

मिताव्ययी, कम खर्चिलो र वातावरणमैत्री बनाउने उद्देश्यले मात्रै नगरपालिका भित्र खादा प्रयोग नगर्ने भनिएको नगरप्रमुख त्रिपाठीद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ ।

photo 2022 08 18 16 24 17

कमेन्टहरु