संसद् बैठक बस्दै, राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी

नवलपुर टुडे
२०७९ भदौ २ | बिहान ०६:०५ बजे

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने सम्भावित कार्यसुची रहेको छ । संसद्ले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै पुनर्रविचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् ।
यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । संसदले पनि सोही अधिकार प्रयोग गर्न लागेका छन् । बैठक बस्नु अघि सत्तारुढ दलहरुले नागरिक विधेयकका विषयमा आन्तरिक तथा विज्ञहरुसँग परामर्श गर्दैछन् ।
























