मुख्य समाचार

वैदेशिक रोजगारमा श्रीमान गुमाएकी खातुनलाई सन नेपाल लहानद्वारा १४ लाख भुक्तानी

नवलपुर टुडे
२०७९ भदौ १ | मध्यान्ह ०५:०५ बजे

महेश सिंह
सिरहा, भदौ १ । वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ र सकिला खातुनका करिब ३८ वर्षिय छोरा मो.सहिदुल मियाँ २०७९ बैशाख ४ गते कतार मै मृत्यु भएको थियो ।

मृतकको श्रीमती नुरजहाँ खातुनलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बोलाएर क्रिया खर्च सहित १४ लाखको माछापुच्छ्रे बैंकको चेक दिएका हुन् ।

मृतक मियाँ निरन्तर २० बर्ष देखि वैदेशिक रोजगारमा काम गर्दै आएका थिए । उनी छुट्टीमा घर आएर विदेश फर्केको ७ महिना नबित्दै उनीसँगै काम गर्ने एक जना नेपाली युवाले सौच गर्न निस्केको बेला पेटमा छुरा प्रहार गरेर गम्भिर घाइते बनाएका थिए । घाइते मियाँको श्रीमती, दुई छोरा र १ छोरी रहेका छन् ।

उनको उपचारकै क्रममा कतारमै मृत्युु भएको परिवारजनले बताए । वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती नुरजहाँ खातुनलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कमेन्टहरु