पश्चिम नवलपरासीबाट अबैध मालसामान सहित ३ वटा टिप्पर र एक पिकअप प्रहरी नियन्त्रणमा


सुरेश यादव
नवलपरासी, साउन ३१ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -११ बर्दगाेरिया क्षेत्रबाट नदिजन्य पदार्थ अबैध रुपमा उत्तखनन् गरिरहेकाे अवस्थामा प्रहरीले तिन वटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।
बर्दगाेरिया क्षेत्रबाट नदिजन्य पदार्थ बालुवा, मिस्कट लगायतकाे पदार्थ उत्तखनन गरिरहेकाे अवस्थामा लु१क ३८९०, लु२ख ४२९० र लु१क ५४०२ नम्बरकाे टिप्पर ईलाका प्रहरी कार्यलय सुनवलबाट खटिएकाे प्रहरी टाेलिले नियन्त्रणमा लिइएकाे छ । थप आवश्यक कार्वाहीकाे लागि सुनवल नगरपालिकालाई बुझाईएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भाेजराज पाण्डेले जानकारी दिए ।
यस्तै प्रहरी चाैकी बैरागनाथबाट खटिएकाे प्रहरी टाेलिले जिल्लाकाे रामग्राम नगरपालिका वडा नम्बर -१८ दशकठ्ठाबाट लु १ ज ४४०९ नम्बरकाे पिकअप गाडि १५ क्विन्टल चिनिसहित बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ । उक्त चिनीको मूल्य अन्दाजी ९० हजार बराबर र गाडीको मुल्य अन्दाजी १२ लाख बराबर रहेको साथै नियन्त्रणमा लिएको उक्त दुबै चिनि र गाडिलाई आवश्यक कार्वाहीकाे लागि महेशपुर भान्सार कार्यालयलाई बुझाईकाे सुचना अधिकारी पाण्डेले बताए ।
यस्तै भारतबाट अवैध रुपमा भान्सार छलि नेपालतर्फ ल्याइ बेवारिसे अवस्थामा राखेको अन्दाजी मुल्य १ लाख ५३ हजार ४३० रुपैयाँ बराबरको विभिन्न कुर्ता, सुरुवाल, साडि लगायतकाे अबैध कपडा तथा विभिन्न खाद्यान्न सामाग्रीहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलिले रामग्राम नगरपालिका वडा नम्बर -४ बैरिहवाबाट नियन्त्रणमा लिइ आवश्यक कार्वाहीकाे लागि महेशपुर भान्सार कार्यालयमा पठाईएकाे प्रहरीले जनाएको छ ।























