धरानका मेयर हर्क साम्पाङ्ग र अर्थमन्त्री शर्माबीच भेटवार्ता

नवलपुर टुडे
२०७९ साउन ३१ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं, साउन ३१ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राई र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र सो समस्या समाधान गर्न संघीय सरकारले सहयोग गरिदिन आग्रह गरे । जवाफमा अर्थमन्त्री शर्माले धरानको खानेपानी समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिए पछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाई सहयोग गर्ने आश्वसन दिए । शर्माले मेयर साम्पाङ्ग र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालन निक्कै उदाहरणीय कार्य रहेको भन्दै उच्च प्रसंशा गरे ।























