Opens in a new tab

लागुऔषध कारोबारमा संलग्नलाई कार्बाहीको माग राख्दै, सिडियोलाई ज्ञापन पत्र बुझाउदै, प्रदर्शन

नवलपुर टुडे

29Shares
dida bag ad

रामजी प्रजापति
नवलपरासी, साउन ३० । लागूऔषध कारोबारको घटनामा संलग्न दोषीमाथि कार्बाहीको माग गर्दै, पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका कांग्रेस तथा जसपाद्वारा सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाउदै बिरोध प्रदर्शन गरेका छन ।

बिगतमा कवाडीको व्यापारी भनी चिनिएका गुप्ताको सहकर्मी भारतीय नागरिक ४० वर्षिय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई गत आषाढ २२ गते रामग्राम नगरपालिकाको पिपरहियाबाट सुनियोजित तरिकाले पालिका अध्यक्ष गुप्ताको सहयोगी अर्थात् पूर्व प्रहरी रघुनाथ धोबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक छानबिन अनुसार ती दुबै जनालाई अध्यक्ष गुप्ता र पुर्व प्रहरी रघुनाथ धोबीले फसाईएको आरोप छ । अहिलेसम्म कुनै किसिमको कार्बाही नभएको र पालिकाको बदनामी भैरहेको भन्दै ज्ञापन पत्र बुझाईएको हो। नवलपरासी नेपाली काङ्ग्रेस र जसपा तथा स्थानिय मिलेर सत्य तथ्य बाहिरिएन र दोषीलाई कार्वाही भएन भने, चरणबद्ध बिरोध प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे