मुख्य समाचार

नर्भिक अस्पतालको टहरा भत्काइदै, प्रहरी तैनाथ

नवलपुर टुडे
२०७९ साउन २४ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले नियमविपरीत बनाएका टहरा काठमाडौं महानगरपालिकाले भत्काउने भएपछि त्यस स्थानमा प्रहरी तैनाथ गरिएको छ । काठमाडौं महानगरपालिकाले आज उक्त टहरा भत्काइने जनाएको छ ।

महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले २४ घण्टे ‘अल्टिमेटम’अनुसार नै नियमविपरीतका टहरा भत्काइने जनाएको हो । महानगरले भत्काउने भनेको टहराबाट अस्पताल प्रशासनले सामान अन्तै सार्दै छ ।

विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गराउनका लागि २४ घण्टाको समय दिएको थियो ।अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।

कमेन्टहरु