परराष्ट्रमन्त्री आज चीन जाँदै

नवलपुर टुडे


काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीनको भ्रमण जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन जान लागेका हुन् ।
भ्रमणका क्रममा दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा उनी सहभागी हुनेछन् । त्यस्तै मन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलेसीको ताइवान भ्रमणले चीन-अमेरिका तनाव बढिरहेको बेला चीनले ताइवान मुद्दामा नेपालको समर्थन खोजेको छ । अघिल्लो सातामात्र नेपालका लागी चीनकी राजदूत होउ यान्छीले विज्ञप्तिमार्फत ताइवान मुद्दामा नेपालले चीनको साथ दिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।
यस्तो अवस्थामा परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई कूटनीतिक हिसाबले महत्वका साथ हेरिएको छ । उनी २६ गतेसम्म त्यहाँ रहनेछन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















