मुख्य समाचार

आज विश्व आदिवासी दिवस, तनहुँका ६ स्थानीय तहमा सार्वजनिक बिदा

नवलपुर टुडे
२०७९ साउन २४ | बिहान ०७:०४ बजे

दमौली, साउन २४ । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

साउन २४ गते मङ्गलबार मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ, घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग-अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले मंगलबार जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीको भनाइ छ । रासस

कमेन्टहरु