एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

नवलपुर टुडे
२०७९ साउन २३ | मध्यान्ह ०४:०४ बजे

बारा, साउन २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमै सुरक्षित अवतरण गरिएको बुझिएको छ ।
उक्त हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगीहरु सवार थिए ।























