छोटो दूरीको हेटौँडा–काठमाण्डौ सडक फराकिलो बनाईदै

नवलपुर टुडे


हेटौंडा । मकवानपुरको हेटौँडाबाट छोटो दूरीको मार्ग भएर काठमाण्डौ जाने सडकको दुई खण्डमा ७५ करोड रुपैयाँ लागतमा निर्माण हुने भएको छ ।
वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत निर्माण गरिरहेको हो ।
कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्डमा गरेर २० किलोमिटर सडक ७५ करोड लागतमा निर्माण हुँदै गरेको आयोजनाका इञ्जिनियर किरण रञ्जितले बताउनुभयो ।
आयोजनाले छुट्याएको मकवानपुर खण्डमा १२ दशमलव १५८ मिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निर्माणको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर खण्डमा २०७८ साल फागुन २५ गते सम्झौता गरेर काम भइरहेको हो । मकवानपुर खण्डमा ४३ करोड ४१ लाख १६ हजार रुपैयाँ लागतमा रमन पीआर त्रिवेणी जेभी मूलपानी काठमाण्डौसँग सम्झौता गरेर काम सुरु गरिएको हो ।
यस सडक खण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इञ्जिनियर रञ्जितले बताउनुभयो । दुवै सडक खण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, १० मिटर फराकिलो निर्माण गर्ने, पिच गर्ने, वाल लगाउने लगायतका काम हुने बताउनु भयो ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















