प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

नवलपुर टुडे
२०७९ साउन २२ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन २२ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग प्रस्तावलाई छलफलपछि बहुमतले स्वीकृत गरेर महाभियोग सिफारिस समितिमा पठाइएको हो ।
प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोगमाथि करिब ५ महिनापछि आइतबार संसदमा छलफल सुरु भएको थियो । प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले आ-आफ्ना धारणा राखेका थिए । गत फागुन १ गते सत्ता रुढ दलका सांसदहरुले जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए ।
उनको कार्यकाल आगामी मंसिर १४ गते सकिँदैछ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बस्ने गरी स्थगित भएको छ ।























