लहान नवराजपुरमा जापानीज प्रबिधिको केङ्गन वाटर मेसिन जडान, बाबा राम चलितर दासद्वारा उद्वघाट्न


महेश सिंह
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका सोनवर्षा चौकस्थित बिगत २० बर्ष देखि संचालनमा रहेको जय माँ हजारी ईङ्गलिश बोर्डिङ स्कुलमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर मेसिन जडान भएको छ्।
सिरहा जिल्लाका चर्चित बाबा तथा दर्जनौं पल्ट यज्ञ गर्न सफल बाबा राम चलितर दासले रिवन काटेर र मेसिनको अलका लाईन पानी खाएर उद्वघाट्न गरे ।
शिक्षा स्वास्थ कृषिका समाजिक चिन्तन बोकेका समाजसेवी शिव देब साहले समाज परिवर्तन र रुपान्तरणमा ओहो रात्र खटि राख्ने साह समाजको रोग झन्झटबाट मुक्त गराउन केङ्गन वाटर मेशिन जडान गरिका हुन्।
स्कुलका स-साना बालबालिकाहरुले शारीरिक रुपले स्वस्थ्य रहन र मानशिक संम्बेगातमक बिकासका लागि मानव शरीरलाई चाहिएको पानी अलकालाईन पानी हो।उक्त पानी दिने जापनीज कम्पनीको केङ्गन वाटर मेसिन नयाँ प्रबिधिमा आएको छ। उक्त मेसिन बिश्वको एउटा मात्र कम्पनी जापानको ओ.सि.को मा निर्माण हुन्छ ।
मानव जिबनमा चाहिएको आवश्यकता अनुरुपको पानी एउटै मेसिनले प्रदान गर्ने गरेको छ् । नवराजपुर गाउँपालिकामा प्रथम पल्ट स्वास्थ खानेपानी मेसिन जडान हुँदा स्थानीयहरु अलकालाईन पानी खान भिड लागेको थियोे।
सानो मेसिनले प्रति दिन १००० हजार लिटर पानी निकाल्ने र माईक्रो कोलोस्टीङ्ग, एन्टी ओकसीडेसन र अलका लाईजेसन पानी दिने गरेका तालिम प्राप्त वरिष्ठ खानेपानी प्रशिक्षक राज कुमार यादवले बताए । हरेक ब्यक्तिलाई स्वास्थ रहन अलकालाईन पानी नै चाहिन्छ भने उनले जोड दिएका थिए।























