प्रबासमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने प्रयास हुँदैछ: प्रचण्ड

नवलपुर टुडे
२०७९ साउन २१ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताएका छन् ।
जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समापन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताए ।
उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताए । उनले अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी गरे ।























