मुख्य समाचार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियो अवतरण, आजै नेपाल फेस्टिभलको उद्घाटन गर्ने

नवलपुर टुडे
२०७९ साउन २१ | बिहान ०७:०४ बजे

काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । प्रचण्डलाई विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका हुन् ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका उनी त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।

यस्तै आइतबार नै प्रचण्ड नेपाली जन प्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ । जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फर्कने छन् ।

कमेन्टहरु