सवारी कारबाहीबाट तनहुँमा ३ करोड बढी राजश्व संकलन

नवलपुर टुडे


दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधन कारबाहीबाट आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७९ लाख ३३ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जसमा बस, टिपर,जीप, कार, टयाक्टर ट्रक, मोटरसाइकल र अन्य गरि ५५ हजार ६ सय सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी दिए ।
कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छ भने सबैभन्दा कम टयाक्टर रहेको छ। २० हजार ६ सय ४५ मोटरसाइकललाई कारबाही गरेर १ करोड ४८ लाख र २ हजार ९ सय ८८ टयाक्टरलाई कारबाही गरेर २० लाख ४७ हजार ५ सय राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।
त्यस्तैगरी ११ हजार ३ सय ८७ ट्रक/टिपरलाई कारबाही गरी ७८ लाख २७ हजार, १२ हजार ४ सय ५ कार/जीपलाई कारबाही गरी ७९ लाख ७९ हजार ५ सय र ७ हजार ५ सय १९ बसलाई कारबाही गरी ४८ लाख ५६ हजार राजस्व संकलन गरिएको छ।

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने
अरुपनि पढ्नुहोस
सबै
दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
















