धादिङ प्रहरीले पक्राउ गरेको सुन र डलर दुवै नक्कली पुष्टि

नवलपुर टुडे


बुटवल । धादिङ प्रहरीले समातेको सुन र डलर दुवै नक्कली भएको पुष्टि भएको छ । एक किलो सुन, डलर र घरमा फेला परेका सबै सुन नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।
परीक्षणको क्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघले सबै सुन नक्कली भएको प्रमाणित गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए । प्रहरीले एक किलो सुन र केही अमेरिकी डलरसहित बेगबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले उनको घरमा खानतलासी गर्दा आधा किलो तौल लेखिएको ४ वटा पहेँलो पत्ता ‘सुन’, ३ थान पेस्तोल र २० राउन्ड गोली फेला पारेको थियो ।
‘उनीहरुको साथबाट बरामद भएको ५० रुपैयाँ र १ सय रुपैयाँको अमेरिकी डलर चल्तीका नोटभन्दा पातलो भएको र नोटमा सिरियल नम्बर पनि नभएको नक्कली नै भएको पुष्टि हुन्छ‚’ एसपी सिंह भन्छन्, ‘यस्ता नक्कली नोट कहाँबाट आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’
प्रहरीले उनलाई उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा खनियाबास गाउँपालिका–४ का तामाङसँगै उनकै गाउँकी शोभा तामाङ पनि पक्राउ परेकी छन् । एसपी सिंह भन्छन्‚ ‘बेगेका दाइ द्वन्द्वकालमा माओवादीका लडाकु रहेछन् । त्यहि बेला दाइले ल्याएर घरमा राखेको हो भनेर बेगेले बयान दिएका छन् ।’ शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ ।
सुन भनिएको धातु भने केही वर्षअघि अन्य व्यक्तिहरूबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान तामाङले दिएका छन् । पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । २०५८ सालमा ठगीको मुद्दा परेका तामाङ २०७४ सालमा पक्राउ परेका थिए । दुई वर्ष जेल र २ लाख ५० हजार जरिवाना तिरेर छुटेका उनी मंगलबार पुनः पक्राउ परेका हुन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















