प्रधानमन्त्री देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

नवलपुर टुडे
२०७९ साउन १९ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जलस्रोतका विषयमा कमल चलाउँदै आएका राजनीतिक विश्लेषक सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।
विद्यार्थीकालमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका सुवेदी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् । यस्तै प्रधानमन्त्रीको जलविद्युत विज्ञमा माधव कार्कीलाई नियुक्त गरिएको छ ।























