प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख भुसाल

नवलपुर टुडे


काठमाडौं, साउन १९ गते । प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसाल (गौतम)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताउनुभएको छ । उपसभामुख भुसालले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधिसभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने जानकारी उपसभामुखले दिनुभयो । संसदबाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको छ । समितिले आफ्नो काम शुरु गर्नु पूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
उपसभामुख भुसालका अनुसार संसदमा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको छ । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयको टुङ्गो छ । उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताउनुभयो ।
संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकाले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसदको आयु रहने छ । उपसभामुख भुसालले सबै सांसद र संसदको लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र बहस भइरहेको पनि बताउनुभयो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















