मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो

नवलपुर टुडे
२०७९ साउन १८ | मध्यान्ह ०३:०४ बजे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा यात्रुमाथि अनुसन्धान
काठमाडौ । काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।























