Opens in a new tab

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । डिजेलमा भने प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा रहेको भन्दै निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने जनाएको छ ।

आईओसीबाट पछिल्लो दुई पटक मूल्यसूची घटेर आएको छ । यसमध्ये यही अगस्ट १ तारिखमा डिजल/मट्टीतेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । अघिल्लो पटक १५ जुलाईमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेसँगै पेट्रोलियम पदार्थको मूल्य समेत घट्न थालेको हो ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे