साउन २३ गतेदेखि करिब ६ हप्ता मनकामना केबलकारको सेवा बन्द हुने

नवलपुर टुडे
२०७९ साउन १८ | मध्यान्ह १२:०४ बजे

रुपन्देही, साउन १८ । मनकामना केबलकार यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार सेवा बन्द हुने भएको हो ।
कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको जनाएको छ । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् ।
स्तरोन्नति कार्य गर्न करिब पाँचदेखि छ हप्ता लाग्ने कम्पनीले जनाएको छ । सो अवधिभर केबलकार सेवा बन्द हुनेछ ।
























