मुख्य समाचार

पाल्पामा कोरोना संक्रमित बढ्दै

नवलपुर टुडे
२०७९ साउन १८ | बिहान ११:०४ बजे

पाल्पा । पाल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबार १२ जना थपिएसँगै ८९ पुगेको हो ।

एक जनाको पीसीआर विधि र ४० जनाको एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा तीन जना पुरुष र नौ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

संक्रमित हुने तानसेन नगरपालिका, रैनादेवी छहराका छन् । कोरोना संक्रमितमध्ये दुई जनाको मात्र अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरमै बस्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पाका तानसेन नगरपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका लगायतमा कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अधिकांश भाइरल ज्वरो र रुघाखोकी लागेर अस्पतालपुग्नेहरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्टहरु