मुख्य समाचार

थपिए ८१४ जना कोरोना सङ्क्रमित, २९९ संक्रमणमुक्त

नवलपुर टुडे
२०७९ साउन १७ | मध्यान्ह ०४:०४ बजे

काठमाडौं, साउन १७ । पछिल्लो २४ देशभर थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

सोही अवधिमा देशभर थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु