मुख्य समाचार

नवलपरासीमा माथिदेखी तलसम्म प्रहरीको सेटिङमा हुन्छ ठुलो परिणामको तस्कर

नवलपुर टुडे
२०७९ साउन १६ | मध्यान्ह ०४:०४ बजे

नवलपरासी, साउन १६ । भारतसँग जोडिएको पश्चिम नवलपरासीको सिमाना रामग्रामसम्म अबैध सामानहरु आएपछि भरियाहरुले नेपालको धेरै ठाँउमा कमिसन बुझाएर अबैध सामानहरु पुर्याउने गरेको तथ्य खुलेका छ्न । अहिले नवपरासीमा प्रहरीको मिलोमतोमा काम भइरहेको भन्ने खुलासा भएपछि एसपीलाई तस्करीबारे जानकारी गराउदा आफै तनावमा परेको स्थानीयहरुले बताएका छ्न ।

केही दिन पहिला एक ब्यक्तिले जिल्लामा तस्करी भइरहेको जानकारी गराउदा प्रशासनले सुनेर पनि नसुने जस्तो गरेपछि उक्त ब्यक्तिले स्थानिय पत्रकारलाई जानकारी गराएका हुन् । पत्रकारले पुरा जानकारी पाएपछि रिपोर्टिङका लागि तस्करी हुने स्थानमा पुग्दा विभिन्न स्रोतको माध्यमबाट तस्करी भैरहेको खुलासा भएको हो ।

पाल्हिनन्दन गाउँपालिका – ५ गेरमी नाकाबाट प्रहरीकै मिलोमतोमा लागूऔषध, कपडा, चिनी, ट्रकमा लोड भएर जाने क्रममा सिडियोलाई स्थानीयले फोन गरेर जानकारी गराउदा सिडियोले भने, `के गर्ने सर ? प्रहरीलाई भन्दा प्रहरी समात्न जादैन एसपीसँग भन्दा गाडी पठाइ सकेको छ भन्दै, प्रहरीबाटी सुचना दिने ब्यक्तिको नम्बर सम्बन्धित प्रहरी असईसँग जान्छ ।´

असईले एक्सन लिने ठाँउमा तस्करीहरुलाई सुचना दिने ब्यक्तिको सम्पर्क नम्बर र डिटेल दिएर तस्करहरुले उल्टो सुचना दिने ब्यक्तिलाई धम्की दिएर हैरान बनाएको सुचना दिने ब्यक्तिले जानकारी दिएका छ्न ।

photo 2022 08 01 16 48 08

photo 2022 08 01 16 48 10

photo 2022 08 01 16 48 11

photo 2022 08 01 16 48 12

कमेन्टहरु