महोत्तरीको बर्दिबासस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

नवलपुर टुडे
२०७९ साउन १६ | मध्यान्ह ०३:०४ बजे

रुपन्देही, साउन १६ । महोत्तरीको बर्दिबास बजारमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो सिदार्थ बैंक रहेको भवनमा आगलागी भएको हो ।
प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अहिलेसम्म घटनास्थलमा बारुण यन्त्र पुग्न सकेको छैन । जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् ।
आगो विस्तारै फैलिदै गएपछि आसपासमा पनि क्षति पुर्याउन सक्ने अनुमान छ । आगलगीको कारण भने खुल्न सकेको छैन ।























