कोरोना संक्रमणपछि कांग्रेस नेता कोइराला अस्पताल भर्ना

नवलपुर टुडे
२०७९ साउन १५ | बिहान ०७:०४ बजे

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान पीसीआर परीक्षण गर्दा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेता कोइरालालाई शनिबार बिहान करिब ५ बजेदेखि ज्वरो आउने र वान्ता हुने जस्ता समस्या देखिएको थियो । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । कोइरालालाई कोरोना संक्रमण देखिएको र हाल अस्पतालमा उपचाररत रहेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
नेता कोइराला हालै मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित भेला तथा अन्तर्क्रिया कार्यक्रमहरूमा सहभागी भई काठमाडौं फर्केका थिए ।























