सिराहास्थित एक होटलको समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा


सिरहा, साउन १४ । सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा मारेको छ ।
सेवाग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भए पश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेका हुन् । अनुगमनको क्रममा माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेका छन् ।
अनुगमन टोलीले गल्ति सुधार गर्न र सरसफाईमा पुर्ण ध्यान दिन होटलका संचालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । अनुगमनको क्रममा उक्त होटलमा त्याधिक खानेकुरा बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए । होटलमा अत्याधिक फोहोर र अव्यवस्थित तरिकाले स्टाफहरु खटाइएकोले खानेकुरामा किरा भेटिनु स्वभाविक रहेको उनले बताए ।
बुधबार दिउँसो (चाट) नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही एवं संचारकर्मी राम भरोसी यादवले किरा परेको समोसा खादा आफू बिरामी परेको बताए । हाेटलमा सरसफाइको बारेमा पटक–पटक सचेत गराउँदा पनि होटलका संचालक गणेश साहले बेवास्ता गरेको सञ्चारकर्मी यादवले गुनासो व्यक्त गरे ।
उनले खाजा खाएको भोलिपल्ट विहानदेखि पखाला लाग्ने, वान्ता आउने र अनुहार समेत सुनिएकोले सोही जानकारी गराउन होटल संचालकसँग कुरा गर्न खोज्दा उल्टै निवर्तमान सिरहा बाणिज्य संघ अध्यक्ष संजय महासेठ्को आडमा धाक धम्की दिएको बताए । सञ्चारकर्मी यादवले होटल संचालकसँग उक्त विषयमा जिज्ञासा राख्दा होटेल संचालकले सिराहाको पुर्व वाणिज्य संघका अध्यक्ष संजय महासेठदलाई भनेर धम्की दिलाएका हुन् ।
पुर्व वाणिज्य संघका अध्यक्ष महासेठ्ले ठूलो स्वरमा धम्की पुर्ण रुपमा संचारकर्मिलाइ हप्काउदै भने `तिमि को हो ? कहाबाट बोलेको ? होटेल संचालकलाई किन थ्रेड दिइरहेका छौ ? म वाणिज्य संघको अध्यक्ष बोल्दै छु, तिमी के गर्न सक्छौ ।´
यसरी दैनिक रुपमा अत्याधिक मान्छेको भिड्भाड हुने होटलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य देबकुमार यादवले बताए । उक्त होटल वरिपरि करिब चारवटा ठुलठूलो कार्यालय रहेकोले दैनिक रुपमा अत्यधिक मान्छेले खाजा खाने होटलमा यसरी सडेगलेको किरा भेटिनुले सेवाग्राहीहरु समेत मर्कामा पर्ने गरेको यादवको भनाइ छ ।
नास्तामा माहुरी फेला परेकाे थियाे । मरेकाे माहुरी भेटेकाे होटलका संचालक शाहले स्विकार गरेका छन् ।























